जन्ताभ्वाईस सम्बाददाता
२४ असोज , सोमबार , २०७९
कटारी /उदयपुरको क्षेत्र नम्बर २ मा हिजो उमेद्वारी दिएका उमेद्वारहरुमा माथि कुनै पनि उजुरी परेको छैन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको निर्वाचन तालिका अनुसार हिजो दर्ता गराएका उमेद्वारहरुमा माथि उजुरी दावी विरोध गर्ने समय आज वेलुकी ५ बजेसम्म थियो ।
निर्वाचन अधिकृतको कार्यालय कटारीका अनुसार यस क्षेत्रमा प्रतिनिधि सभामा १२ जना ,प्रदेश सभा क मा ५ जना र प्रदेश सभा ख मा ७ जनाले उमेद्वारी दर्ता गराएका थिए । उनीहरुमाथि कुनै पनि उजुरी विरोध आज नआएको कार्यालयका सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले जानकारी दिनुभयो ।
निर्वाचनको कार्यतालिका अनुसार भोलिसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी भोलि बेलुकी ७ बजेभित्रमा उमेद्वारको नामावली सार्वजनिक गरिनेछ । पर्सी उमेद्वारले नाम फिर्ता लिने समय रहेको छ भने पर्सी नै अन्तिम नामावली प्रकाशन गरिनेछ । पर्सी साँझ सम्ममा नै उमेद्वारलाई निर्वाचन चिन्ह पनि प्रदान गरिने कार्यक्रम रहेको छ ।


जनता भ्वाइस 







