images
images

उदयपुर २ मा प्रतिनिधि सभाका लागि १२ जनाको उमेद्वारी दर्ता

जन्ताभ्वाईस सम्बाददाता

२३ असोज , आईतबार , २०७९

कटारी / आगामी मंसिर , ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर २ मा १२ जनाले उमेद्वारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय कटारीका अनुसार २ जना स्वतन्त्र सहित १२ जनाले आज उमेद्वारी दर्ता गराएका हुन् । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अनिल कुमार श्रेष्ठ , नेपाल कम्युनिष्ट पार्टी एमालेबाट अम्बरबहादुर रायमाझी , नेपाली काँग्रेस विपीबाट केशवबहादुर पाण्डे , नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीबाट जगन्नाथ खतिवडा , नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुृर बुढाथोकी , मंगोल नेशनल अर्गनाईजेसनबाट भाष्कर राई , स्वतन्त्रबाट रामकुमार राई , स्वतन्त्रबाट राममणी पौडेल , हाम्रो नेपाली पार्टीबाट लोकेन्द्रबहादुर कार्की , राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वंशिधर न्यौपाने , जनजागरण पार्टी नेपालबाट विन्दाकुमारी कटुवाल र जनतासमाजवादी पार्टी नेपालबाट सिद्धान्त राई रहेका छन् ।