जन्ताभ्वाईस सम्बाददाता
२३ असोज , आईतबार , २०७९
कटारी / आगामी मंसिर , ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट अम्बरबहादुर रायमाझीले उमेद्वारी दर्ता गराउनुभएको छ । एमालेका १ नम्बर प्रदेश कमिटीका सचिवालय सदस्य अम्बरबहादुर रायमाझीले उम्मेदवारीको दर्ता गराउनु भएको हो ।
आज मुख्य निर्वाचन अधिकृतको कार्यालय कटारीमा पुगेर नेता रायमाझीले उम्मेदवारी दर्ता गराउनुभएको हो। यस्तै क्षेत्र नम्बर २ प्रदेश सभातर्पmको निर्वाचनका लागि भने (क)बाट देबराज राई र (ख)मा जिबनाथ दाहालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।


जनता भ्वाइस 







