जन्ताभ्वाईस सम्बाददाता
२३ असोज , आईतबार , २०७९
कटारी / सत्तागठबन्धनबाट उदयपुरको क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले उमेद्वारी दर्ता गरराउनुभएको छ । सत्तागठबन्धनको सिटबाँडफाँडबाट उदयपुरको २ नम्बर क्षेत्रमा प्रतिनिधिसभाका लागि खतिवडाले उमेद्वारी दर्ता गराउनुभएको हो ।
उदयपुरको कटारी स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर खतिवडाले उमेद्वारी दर्ता गराउनुभयो । गठबन्धनबाट यो क्षेत्रको प्रदेश सभा क मा माओवादी केन्द्रबाट नारायण बुर्जा र ख बाट काँग्रेसका रामकुमार खत्रीले उमेद्वारी दर्ता गराएका हुन् ।


जनता भ्वाइस 







