images
images

उदयपुर,२ मा रामकुमार राईद्वारा स्वतन्त्रमा उमेद्वारी दर्ता

जन्ताभ्वाईस सम्बाददाता
२३ असोज , आईतबार , २०७९
कटारी /आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुरको क्षेत्र नम्बर २ मा रामकुमार राईले स्वतन्त्र उमेद्वारी दिनुभएको छ । काँग्रेसका क्षेत्रीय सभापति समेत रहनुभएका राईले स्वतन्त्रमा उमेद्वारी दिनुभएको हो ।
सत्ता गठबन्धनमा यो क्षेत्रमा एकिकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले उमेद्वारी पाएको छ । सवैको सल्लाहाले स्वतन्त्रमा उमेद्वारी दिएको राईले बताउनुभयो ।
राई काँग्रेस क्षेत्रनम्बर २ का वहालवाला क्षेत्रीय सभापति, पुर्व जिल्ला सचिब, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुनुहुन्छ । कटारी क्षेत्रका निकै लोकपृय नेता मानिने ५१ बर्षिय राई २०५४ को स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसबाट कटारी गाबिसका अध्यक्ष निर्वाचित हुनुभएको थियो ।
उमेदवारी दर्ता गर्दै राईले भन्नुभयो ‘यो ठाउँमा पटक पटक चुनाव जितेर गएका प्रतिनिधि साथीहरुले केही काम गर्न नसकेकाले केहि गर्न सकिन्छ भनेर आफुले उम्मेदवारी दिएको हुँ ।’ लामो समय पार्टी भित्र काम गर्दा पनि उचित मुल्यांकन गर्न नसकेकाले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।
सहायक निर्वाचन अधिकृत देवराज भट्टराईका अनुसार हालसम्म चार जनाले उमेदवारी दर्ता गराएका छन् । उहाँका अनुसार प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उमेदवार राई, विपी काँग्रेसबाट केशवराज पाण्डे, नेपाल मजदुर किसान पार्टीका पुर्णबहादुर बुढाथोकी र प्रदेसभा सदस्य ख मा नेमकिपाबाट पृथ्वीबहादुर तामागंले उमेदवारी दिएका छन् ।