images
images

एमालेबाट उदयपुर २ मा अम्बर रायमाझी , को हुन जितको दाबेदार मानिएका रायमाझी

जन्ताभ्वाईस सम्बाददाता
२२ असोज , शनिबार , २०७९
कटारी /आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेले प्रदेश कमिटी सचिवालय सदस्य अम्बरबहादुर रायमाझीलाई उमेद्वार बनाएको छ । निर्वाचनको नतिजा आफ्नो पंक्षमा पार्नै पर्ने रणनीतिलाई आत्मसाथ गर्दै एमालेले तीन दशक बढि समय सामाजिक अभियानमा जोडिएका रायमाझीलाई अघि सारेको हो ।
शिक्षा, स्वास्थ्य, धर्मसंस्कृति, युवारोजगार लगायतका सामाजिक काममा अग्रणी भुमिका निर्वाह गर्दै आएका रायमाझीको सिफारिसले क्षेत्रनं २ को राजनीतिक वृतमा निकै ठुलो हलचल मच्चिएको विश्लेषण गर्न थालिएको छ ।एमालेको कटारीमा सम्पन्न क्षेत्रीय समन्वय कमिटी र सोमबार सदरमुकाम गाईघाटमा भएको जिल्ला कमिटीको बैठकले रायमाझीको नाम पहिलो नम्बरमा सिफारिसका लागि दर्ज गरेको थियो । रौता जनता क्याम्पस मुर्कुचीलाई भौतिक पुर्वाधारको हिसावले सुबिधा सम्पन्न बनाउन रायमाझीको मुख्य भुमिका रहेको छ ।
क्याम्पस संचालक समितिको दोस्रो कार्यकालको अध्यक्षको नेतृत्व सम्हालेका रायमाझीले दुई करोड बढिको लागतमा सुबिधा सम्पन्न भवन, खेलमैदान निर्माण गरिसक्नुभएको छ । उहाँ विगत ६ बर्षदेखि क्याम्पस संचालक समितिको अध्यक्ष हुनुहुन्छ । त्यसैगरी अन्य बिद्यालयमा शैक्षिक तथा भवन निर्माणमा सहयोग, स्वास्थ्यचौकी मुर्कुचीमा श्वासप्रश्वासको उपचार गराउन आएका विरामीलाई लक्षित गरी झण्डै दुई लाख मुल्य बराबरको बिद्युतिय अक्सिज मेसिन लगायतका सामग्री सहयोग गर्नुभएको छ ।
यसकासाथै मुर्कुची बजार र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्थालाई मजवुद बनाउन प्रहरी चौकीको नाममा वहुमुल्य जग्गा दान गर्नुभएको छ । उहाँको पहलमा उदयपुरका ठूलो सख्यामा युवाहरु अहिले पनि स्वदेशी रोजगारमा जोडिएका छन । त्यति मात्र हैन शिवालय टोलमा सिटीहल निर्माण, विभिन्न जात समुदायको धार्मिक आश्थाको केन्द्र मठमन्दिर निर्माण, संरक्षण, बिश्व कोभिड–१९ को आक्रान्तले थलिएको बेला क्षेत्र नम्बर २ का कटारी नगरपालिका, रौतामाइ, उदयपुरगढी, ताप्ली र लिम्चुङबुङ गाउपालिका र जिल्लाका अन्य पालिकामा राहात, औसधि उपचार र उद्दार कार्यमा उनको योगदान रहेको छ । यसका साथै भुकम्पले थिल थिलो भयको बेला पार्टिको निर्देशन अनुसार ओखलढुङाका जनताको घर, बिधालय भवन निर्माण कार्यमा पनि उहाँको सहयोग छ ।
२०४३ सालमा महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पस राजविराजबाट राजनीति यात्रा शुरु गरेका रायमाझी पार्टीको रौता गाउँ कमिटी अध्यक्ष हुँदै अहिले नेकपा एमाले १ नम्बर प्रदेश कमिटीको सचिवालय सदस्य छन् । उदयपुर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष र सगरमाथा–काठमाण्डौँ अञ्चल सम्पर्क कमिटीको कार्यवाहक अध्यक्षको भुमिका कुशलतापुर्वक निर्वाह गरिसकेका रायमाझी इमान्दार, सालिन, भद्र, पार्टीका वफादार, बैचारिक क्षमता भयका नेता र कुशल नेतृत्वकर्ताको रुपमा स्थापित छन् ।
यस अघि एमालेले ज्ञानेन्द्र श्रेष्ठलाई उमेद्वार बनाएको सामाजिक संञ्जालमा सार्वजनिक भएको थियो । श्रेष्ठ उमेद्वार नभई रायमाझी एमालेको उदयपुर २ को उमेद्वार आधिकारिक रहेको एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेले बताउनुभयो । पहाडी र थोरै तराई भुभाग समेटिएको निर्वाचन क्षेत्र नं. २ समग्रमा बिकास पूर्वाधारको क्षेत्रमा धेरै पछि रहेको स्थानीयको भनाई छ । भौगोलिकरुपमा निकै पछि परेको यो क्षेत्रका जनताले शुद्ध पीउनेपानी, बिजुली, सडक, स्वास्थ्य र शिक्षा जस्ता आधारभुत कुरामासमेत अहिलेसम्म बञ्चित छन् ।