images
images

उदयपुर २ मा एमालेले टुंगायो उमेद्वार

जन्ताभ्वाईस सम्बाददाता
शुक्रबार, २१ असोज , २०७९
कटारी/ आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेले उदयपुर २ मा उमेद्वारको अन्तिम नामावली टुंगाएको छ । एमालेले संघिय प्रतिनिधि सभाका लागि ज्ञानेन्द्र श्रेष्ठ , प्रदेश सभा क मा देवराज राई र ख मा जिवनाथ दाहाललाई उमेद्वार बनाउने भएको हो ।
श्रेष्ठ नेकपा एमाले निर्वाचन क्षेत्र २ का संयोजक तथा नेकपा एमाले उदयपुरका उपाध्यक्ष हुनुहुन्छ । त्यसैगरी प्रदेश सभा क का उमेद्वार राई एमालेका प्रदेश कमिटी सदस्य हुनुहुन्छ भने युवा नेता प्रदेश सभा ख का उमेद्वार दाहाल प्रेस चौतारी उदयपुर शाखाका अध्यक्ष हुनुहुन्छ ।