जन्ताभ्वाईस सम्बाददाता
शुक्रबार, २१ असोज , २०७९
कटारी /कटारीमा चाडबाडको समयमा यात्रुहरुलाई बढी भाडा लिने सवारीसाधनबाट प्रहरीले बढी भाडा फिर्ता गराएको छ । गाईघाटबाट कटारीहुँदै दिक्तेल हिनेको सवारीसाधनबाट आज यात्रुहरुलाई लिईएको बढी भाडा फिर्ता गराईएको हो ।
ना १ ज २६६९ नम्बरको यात्रुबाहक सवारीसाधनबाट प्रतियात्रु ५ सय वढी लिईएको पाईएकोले ९ जना यात्रुको ४ हजार ५ सय फिर्ता गराईएको ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख सहायक प्रहरी निरिक्षक दिपक कोईरालाले बताउनुभयो । ‘चेकजाँचका क्रममा यात्रुहरुले बढी भाडा लिएको बताएपछी फिर्ता गराईएको हो । ’कोईरालाले भन्नुभयो । ‘एकपटकलाई भाडा फिर्ता गराएर चेतावनी दिएका छौं । ’
कोईरालाका अनुसार गाईघाट दिक्तेल प्रतियात्रु १हजार ७ सय भाडा हुनुपर्नेमा २ हजार २ सय भाडा लिएको पाईएपछी फिर्ता गराईएको हो । भिडभाडका समय पारेर बढी भाडा लिने जस्ता कार्य नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।


जनता भ्वाइस 







