जन्ताभ्वाईस सम्बाददाता
१७ असोज , सोमबार , २०७९
कटारी / वरिष्ठ अधिवक्ता शम्भु थापाले उदयपुरको कटारी स्थित एक विद्यालयमा विभिन्न सामाग्री सहयोग गर्नुभएको छ । अधिवक्ता थापा आपैmले स्थापना गर्नुभएको कटारी नगरपालिका , ९ स्थित श्री डम्बरुद्रेश्वर मातापिता आधारभुत विद्यालयमा पुगेर थापाले आवश्यक विभिन्न सामाग्री प्रदान गर्नुभएको हो ।
थापाको पुर्खौलीथलो समेत रहेको कटारीको पहाडी भेगको उक्तवडामा थापाले आप्mनो पिताको नाममा २०७३ सालमा स्थापना गर्नुृभएको विद्यालयमा सहयोग गर्नुभएको हो । कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ र उपमेयर गिता खड्का सहितको एक र्कात्रक्रममा थापाले मेयर श्रेष्ठलाई आश्वयक फर्निचर , कम्प्युटर पुस्तक लगायतका सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा आफुले स्थापना गर्दै संञ्चालनमा आएपनि यसलाई सरकारी तहबाट आवश्यक सहयोग र संञ्चालन गर्न जनप्रतिनिधिहरुलाई अधिवक्ता थापाले आग्रह गर्नुभयो । मेयर श्रेष्ठले धन्यवाद दिंदै शिक्षा क्षेत्रमा नगरले सवै विद्यालयलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा पोखरेलका अनुसार यस विद्यालयको ३ वटा गरी९ कोठाको भवन , ५ शिक्षक शिक्षिकाका लगायतको गरी थापाले हालसम्म साठी लाख बढी सहयोग गरिसक्नुभएको छ । ‘सरकारले त एकजना कार्यालय सहायक बाहेक अरु दिएको छैन् ।’उहाँले भन्नुभयो –‘सवै भरथेग थापाकै रहेको छ , अहिले जग्गा पनि किनिसकेका छौं ।’
प््राधानाध्यापक तिलक खत्रीका अनुसार यस विद्यालयमा १सय ६३ वालवालिकाहरुले अध्ययन गर्दै आएका छन् । विद्यालयमा ८० प्रतिशत दलित वालवालिकाहरुले अध्ययन गदै आएका छन् ।


जनता भ्वाइस 







