जन्ताभ्वाईस सम्बाददाता
१७ असोज , सोमबार , २०७९
कटारी / उदयपुरको कटारी , ४ मा आज सम्पन्न प्रथम नकआउट फुटबल प्रतियोगिताको उपाधि कटारी फुटबल क्लबले कब्जा गरेको छ । फाईनलमा खैरेनी फुटबल क्लब कटारी , ५ लाई ० का विरुद्ध ८ गोलको फराकिलो अन्तरले कटारी फुटबल क्लबले उपाधि कब्जा गरेको हो ।
उपाधिसँगै कटारी फुटबल क्लबले नगद ५५ हजार ५ सय ५५ , मेडल र प्रमाण हात पार्दा उपविजेता खैरेनी फुटबल क्लबले नगद ३३ हजार ३ सय ३३ , प्रमाण पत्र र मेडल चित्त बुझायो । विजेता तथा उपविजेतालाई कटारीका मेयर राजेशचन्द्र श्रेष्ठ र वडा नम्बर ४ का अध्यक्ष भुपेश तामाङ्गले पुरस्कार वितरण गर्नुभयो ।
गबुवा स्पोर्टस क्बल कटारीको आयोजनामा गएको असोज १० देखि जारी प्रतियोगितामा उदयपुर र सिन्धुलीका गरी १५ टिमले प्रतिष्पर्धा गरेको व्यवस्थापक दिपक राईले बताउनुभयो । दसैंको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष कृष्ण राई काजीले बताउनुभयो ।


जनता भ्वाइस 









