images
images

नेकपा एमालेद्वारा कटारीमा शुभकामना आदान प्रदान

जन्ताभ्वाईस सम्बाददाता
१४ असोज , शुक्रबार , २०७९
कटारी /नेपाल कम्युनिष्ट पार्टी एमाले (नेकपा एमाले)ले कटारीमा विजया दशमी , शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । नेकपा एमाले नगर कमिटी कटारीको आयोजनामा शुभकामना आदान प्रदान गरिएको हो ।
नगर कमिटी अध्यक्ष संञ्जिव कार्कीको सभापतित्व र नेकपा एमाले प्रदेश नम्बर एकका सचिवालय सदस्य बेदप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै पोखरेलले आगामी निर्वाचनमा पार्टीलाई विजय गराउन सवैजना लागि पर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा शुभकामना दिंदै वक्ताहरुले आफुले पार्टीलाई जिताउन सहयोग गर्ने बताएका थिए । म जिताउँछु पार्टीलाई भन्ने मान्यताका साथ सवै अघि बढ्नुपर्ने उनीहरुको भनाई थियो । उदयपुर उद्योग वाणिज्य संघको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।