images
images

कटारीमा पनि विश्व रेविज दिवश मनााईयो

जन्ताभ्वाईस सम्बाददाता
१२ असोज , बुधबार
कटारी /कटारीमा पनि आज १६ औं विश्व रेविज दिवश मनाईएको छ । कटारी नगरपालिकाको पशुसेवा शाखाले दिवश मनाएको हो ।
दिवशको अवसरमा कुकुरहरुलाई निशुल्क खोप लगाईएको शाखाका पशुप्राविधिक संञ्जिव मगरले बताउनुभयो । आज १ सय ५२ कुकुरलाई खोप लगाईएको पनि शाखाले जनाएको छ ।
आज छुटेकाहरुलाई भोलि र पर्सी पनि खोप लगाईने भएकाले शाखाको कार्यालयमा ल्याउन आग्रह गरिएको छ । रेविजबाट बच्नका लागि सवैले खोप लगाउनुपर्ने भन्दै शाखाको कटारी स्थित पशुसेवा केन्द्र कटारी ४ मा ल्याउन शाखाले आग्रह गरेको छ ।