जन्ताभ्वाईस सम्बाददाता
मंगलबार , ११ असोज , २०७९
कटारी/ कटारी बजारमा आज अनुगमन गरिएको छ । कटारी नगरपालिकाका उपप्रमुख उपमेयर गिता खड्काको नेतृत्वमा वसेको वैठकले अनुगमन टोली बनाएर अनुगमन सुरु गरेको हो ।
नगरपालिकाका सूर्यबहादुर कार्कीको नेतृत्वमा अनुगमन गरिएको हो । उपमेयर खड्का सहित , उदयपुर उद्योग वाणिज्य संघ , ईलका प्रशासन कार्यालय कटारी , ईलाका प्रहरी कार्यालय कटारी तथा पत्रकार सहितको टोलीले अनुगमन सुरु गरेका हुन् ।
आज गरिएको अनुगमनमा १९ पसल अनुगमन गरिएको थियो । अनुगमनबाट म्याद गुज्रेका सामाग्रीहरु बरामद गरी नष्ट गरिएको थियो । उपभोक्ताहरुको हितलाई ध्यानमा राख्दै अनुगमन सुरु गरिएको हो ।


जनता भ्वाइस 








