images
images

दुईवर्षपछी चन्द्रटाकिज हल संञ्चालनमा ल्याउने तयारी

फोटो सौजन्य निशान मगरको फेसबुकबाट ।

जन्ताभ्वाईस सम्बाददाता
शुक्रबार , ७ असोज , २०७९
कटारी /कोरोना संक्रमण बढेसँगै दुई वर्ष अघिदेखि बन्द रहेको कटारी स्थित एकमात्र चलचित्र हल चन्द्र टाकिज हल संञ्चालनमा ल्याउने तयारी गरिएको छ । पछिल्लो चर्चामा रहेको चलचित्र प्रेम गीत ३ को प्रदशर्नको तयारी गरिएको हो ।
हलका संञ्चालक प्रयास कार्कीले प्राविधिक कारणले आज संञ्चालन गर्न नसकिएको बताउनुभयो ।‘तार चुंडिएको रहेछ , काठमाडौंबाट मगाएका छौं आईपुग्यो र बन्यो भने भोलिबाट हल चलाउँछौं ।’कार्कीले भन्नुभयो –‘अहिलेलाई परीक्षण र अध्ययनका लागि संञ्चालन गर्न लागेका हौं त्यसपछी राम्रो भयो भने निरन्तर संञ्चालनमा ल्याउँछौं ।’
कार्कीले नगरपालिकाले यसलाई संञ्चालनका लागि आवश्यक सहयोग र सहकार्य गनुपर्ने बताउनुभयो । कटारीकै एकमात्र मनोरञ्जनका लागि रहेको ऐतिहासिक मनोरञ्जनात्मक स्थल रहेकाले सवैले जोगाईराख्न सल्लाहा दिएकाले संञ्चालनको तयारी गरिरहेको बताउनुभयो ।