images
images

यात्रुहरुको सहजताका लागि कटारीमा यात्रु सहायता कक्ष स्थापना

जन्ताभ्वाईस सम्बाददाता
शुक्रबार , ७ असोज , २०७९
कटारी /महान चाड दसैं , तिहार तथा छठ नजिकिएसँगै कटारीमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । आज एक कार्यक्रमवीच ट्राफिक प्रहरी पोष्ट कटारीमा कक्ष स्थापना गरिएको हो ।
पोष्टका प्रमुख सहायक प्रहरी निरिक्षक दिपक कोईरालाका अनुसार चाडबाडमा यात्रुहरुलाई आउने समस्या समाधान गर्न कक्ष स्थापना गरिएको हो ।‘अनावश्यक झोला तान्ने , बढी भाडा असुल्ने , एउटै सिटमा धेरैजनाको टिकट काट्ने लगायतका समस्या समाधानका लागि कक्ष स्थापना गरिएको हो ।’निरिक्षक कोईरालाले भन्नुभयो –‘गाडी छुटे फोन गरेर रोकेर भएपनि पठाईदिन्छौं ।’
कोईरालाका अनुसार यात्रुहरुमाथि अनैतिक , अभद्र व्यवहार भए जुनसुकै गुनासा आए कानुनि कार्वाही समेत गरिनेछ । सरोकारवाला निकाय तथा यात्रुहरु लगायतकको उपस्थितिमा कक्षको स्थापना गरिएको हो । यात्रुहरुलाई आप्mना गुनासाहरु कक्षमा राख्न पनि प्रहरीले आग्रह गरेको छ । कक्ष कटारी स्थित वसपार्क , सुमो पार्कसँगै रहेको प्रहरी पोष्टमा स्थापना गरिएको हो ।