images
images

सामुदायिक पुस्तकालयको अध्यक्षमा भीमकुमारी राउत चयन

जन्ताभ्वाईस सम्बाददाता
शुक्रबार , ७ असोज , २०७९
कटारी/ कटारी सामुदायिक विकास केन्द्र तथा पुस्तकालयको अध्यक्षमा भीमकुमारी राउत चयन हुनु भएको छ । आज उदयपुर उद्योग वाणिज्य संघको हलमा सम्पन्न पुस्तकालयको साधारण सभाले राउतलाई अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी समितिको उपाध्यक्षमा विष्णु पौडेल , सचिवमा ऋषि राई र कोषाध्यक्षमा मेनुका राईलाई सभाले चयन गरेको छ । त्यसैगरी समितिको सदस्यहरुमा पवन श्रेष्ठ , अमित श्रेष्ठ , गंगा कार्की र वंशीधर न्यौपाने चयन भएका छन् ।
सल्लाहाकार समितिमा डाकबहादुर थापा , तिर्थ श्रेष्ठ , सूर्य कार्की , मञ्जु राउत र कटकबहादुर तामाङ्ग रहेका छन् । निवर्तमान अध्यक्ष डाकबहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा वोल्दै वक्ताहरुले पुस्तकालयको महत्व रहेपनि यसलाई कृयाशिल बनाउन नसकिएकाले आगामी दिनमा कृयाशिल बनाउनुपर्ने बताएका थिए ।
निवर्तमान अध्यक्ष थापाले कटारीमा विगतमा पुस्तकालयले घुम्ती पुस्तककालय लगायतका काम गरेपनि लामो समयदेखि सकृय हुन नसकेको भन्दै नयाँ कार्यसमितिलाई सकृय भएर अघि बढ्न शुभकामना दिनुभयो । त्यसैगरी निवर्तमान सचिव कुमारसिंह राईले यो संस्था कटारीकै पुरानो सामाजिक संस्था रहेको बताउनुभयो ।
राईले संस्थागत रुपमा धेरै काम गर्न सक्ने भएपनि कार्यव्यस्तताले यसलाई कृयाशिल बनाउन नसिकएको बताउनुभयो ।‘यसले संकटकाल , गणतन्त्र , कोभिड थुप्रै समस्या पार गरेको छ ।’उहाँले भन्नुभयो –‘आर्थिक रुपमा हिनामिना नगरी जस्ताको त्यस्तै विगतदेखि रहेको संस्था हो यो ।’
त्यसैगरी निवर्तमान सदस्य मञ्जु राउतले पठक संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो । ईन्टरनेटको पहुँचले पुस्तकालयमा पढ्ने संस्कृति कम भएको उहाँको भनाई थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना राखेका थिए । नव निर्वाचित अध्यक्ष राउत कटारी नगरपालिकाका निवर्तमान उपमेयर तथा नेपाल सामुदायिक पुस्तकालय संघका उपाध्यक्ष समेत हुनुहुन्छ ।