images
images

कटारीका नगर प्रमुख र उपप्रमुख सहित उदयपुरका तीन पालिका प्रमुख र उपप्रमुखलाई जरिवाना

जन्ताभ्वाईस सम्बाददाता
बुधबार, ५ असोज , २०७९
कटारी /स्थानीय तह निर्वाचनमा भएका खर्च विवरण नबुझाएको भन्दै कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख गिता खड्कालाई निर्वाचन आयोगले जरिवाना गरेको छ । आयोगले निर्वाचनसम्बन्धी कानून र आचारसंहिता बमोजिम खर्च विवरण नबुझाउने कटारीका प्रमुख र उप्रमुखलाई ४ लाख ५० हजारको दरले जरिवाना गरेको हो ।
स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण नबुझाउनेमा उदयपुरमा कटारी नगरप्रमुख राजेश चन्द्र श्रेष्ठ र उपप्रमुख गिता खड्कासँगै ताप्ली गाउँपालिका अध्यक्ष ढुङ्गाराज विक र उपाध्यक्ष धनमाया मगर, लिम्चुङबुङका अध्यक्ष मेजर कुमार राई र पुष्पलाल राईलाई आयोगले जरिवाना गरेको हो ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई ३ लाख ५० हजारसम्मको जरिवाना गरेको जिल्ला निर्वाचन आयोगले जनाएको छ । कटारी नगरपालिका, ताप्ली र लिम्चुङबुङका प्रमुख र उपप्रमुखलाई निर्वाचन आयोगले कार्वाही गरेको हो ।
स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० (तीस) दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।