images
images

आविष्कार केन्द्रका ईन्जिनियरद्वारा कटारी अस्पत्तालका सामाग्रीहरु मर्मत गरिदैं

जन्ताभ्वाईस सम्बाददाता
बुधबार, ५ असोज , २०७९
कटारी / कटारी अस्पत्तालले स्वास्थ्य सेवा सुधार गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरेर अस्पत्तालका सामाग्रीहरुको मर्मत थालेको छ । पहिलो चरणमा केन्द्रले अस्पत्तालको स्वास्थ्य सामाग्रीहरुको अवस्था अध्ययन गर्दै मर्मत संहार सुरु गरेको हो ।
अस्पत्तालबाट अन्यत्र बोकेर लैजान नसकिने मेसिनहरुका मर्मत साथै अस्पत्तालका अन्य सामाग्रीहरुको मर्मतसंहार थालिएको अस्पत्तालका सुचना अधिकारी नविन वस्नेतले बताउनुभयो । ‘एक्सरे , अक्सिजन कन्सलटेटर , ल्यावका सामाग्रीहरुको अवस्थाको परीक्षण गराएका छौं ।’वस्नेतले भन्नुभयो –‘डिजिटल एक्सरे जस्ता ठुला मेसिनहरु बोकेर लैजान गाह्रो हुन्छ त्यसको मर्मतका लागि केन्द्रसँग सहकार्य गरेका हौं ।’
केन्द्रबाट २ जना बायोमेडिकल ईन्जिनियर अस्पत्तालको सामाग्रीहरुको मर्मत र अवस्था बुभ्mन अस्पत्ताल आईपुगेका छन् । ईन्जिनियर अविनभ दत्त र पारस पौडेले अस्पत्ताल आईपुगेका हुन् । ‘डेन्टल , एक्स रे ल्याब , लगायतका सामाग्रीहरुको अवस्था मर्मत गर्नुपर्ने रहेछ ।’ईन्जिनियर दत्तले भन्नुभयो –‘सवै सामाग्रीहरुको मर्मत गरे स्वास्थ्य प्रणाली सुधार हुन्छ ।’
अस्पत्तालमै मर्मत गर्न सकिनेहरु मर्मत गरिने र अन्य सामाग्रीहरुको रिपोर्ट तयार गरेर केन्द्रको सहकार्यमा मर्मत गर्ने , सामाग्रीहरुको सुरक्षाका अवस्थामा जानकारी गराईने केन्द्रसँग समन्वय गरिरहेका कर्ण राईले बताउनुभयो । अस्पत्तालको सेवा प्रणाली सुधार गर्न पछिल्लो समय ३ जना स्वास्थ्यकर्मी पनि थपिएका छन् ।
निक साईमन्स ललितपुरले कटारी अस्पत्ताललाई एकजनाका लागि ३ जना स्वास्थ्यकर्मी उपलब्ध गराएका छन् । साईमन्सले नै सेवा सुविधा दिनेगरी एकवर्षका लागि दुई जना एमविविएस डाक्टर आशिष पौडेल र हरिशंकर न्यौपानेलाई कटारी अस्पत्तालमा सेवा दिन पठाएको छ ।
त्यसैगरी साईमन्सले स्टाफ नर्स भारती साहलाई पनि कटारी अस्पत्ताल पठाएको छ । स्वास्थयकर्मी थप भएपछी उपचार सेवामा सहजता आएको सुचना अधिकारी वस्नेतले बताउनुभयो ।