images
images

कटारीका उपभोक्ता समितिका पदाधिकारीहरुलाई अनुशिक्षण

तस्बिर सौजन्य , कटारी नगरपालिकाको फेसबुक पेज ।

जन्ताभ्वाईस सम्बाददाता
सोमबार , ३ असोज , २०७९
कटारी /कटारी नगरपालिकाका उपभोक्ता समितिका अध्यक्ष तथा सचिवहरुलाई दुई दिने अनुशिक्षण दिईएको छ । आगामी आर्थिक वर्ष २०७९।८० मा उपभोक्ता समिति मार्पmत संञ्चालन हुने आयोजनाको सहजिकरणका लागि नगरका २ सय ५ जना अध्यक्ष र सचिवहरुलाई अनुशिक्षण दिईएको हो ।
उपभोक्ता समितिको काम , कर्तव्य र अधिकार , आयोजना सम्झौता र भुक्तानी प्रकृया , आवश्यक कागजात यसका समस्याहरु र बेरुजु सम्बन्धी सवालहरुका बारेमा समितिका पदाधिकारीहरुलाई जानकारी गराईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले जानकारी दिनुभयो ।
कटारी नगरपालिकाको तल्लो भेगका समितिका १ सय १० जनालाई नगर कार्यापालिकाको कार्यालय र माथिल्लो भेगका ९५ जनालाई कटारीको वेतेनीमा रहेको नगरपालिकाको सम्पर्क कार्यालयमा अनुशिक्षण दिईएको नगरपालिकाले जनाएको छ ।
यसअघि नगरमा योजना तर्जुमा , राजश्व परिचालन , कार्यालय व्यवस्थापन , पञ्जिकरण , घटना दर्ता , जिन्सी व्यवस्थापन , वैठक संञ्चालन , उपभोक्ता समिति गठन , टोल विकास संस्था गठन सर्जमिन मुचुल्का लेखन , प्रतिवेदन लेखन जस्ता विषयमा नगरका वडासचिवहरुलाई २ दिन प्रशिक्षण दिईएको थियो ।