जन्ताभ्वाईस सम्बाददाता
सोमबार , ३ असोज , २०७९
कटारी / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समानन्तर जिल्ला समन्वय समिति उदयपुरले पनि उमेद्वार सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीले उमेद्वार सिफारिस गरेको हो ।
समितिका अध्यक्ष भिमबहादुर अधिकारी (अनिल) र सचिव दुर्गा बुर्जा मगर हस्ताक्षरित फिफारिस उमेद्वारहरुको नामावली माओवादी पार्टीको केन्द्रिय कार्यालयमा बुझाईएको छ । समितिएको गएको भदौ १९ गतेको वैठकले उमेद्वार सिफारिस गरेको हो ।
सिफारिसमा परेकाहरुमा प्रत्यक्ष तर्पm उदयपुर क्षेत्र नम्बर १ मा सावित्री काप्mले , भिमबहादुर अधिकारी (अनिल) ,र रामप्रसाद बराल संघीय प्रत्यक्ष तर्पm रहेका छन् । त्यसैगरी संघिय निर्वाचनका लागि क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्पm सुरेन्द्रबहादुर कार्की (राम कार्की) , केपी बराल , दुर्गा बुर्जा मगर र शंकर कटुवाल रहेका छन् ।
समितिले क्षेत्र नम्बर १ को प्रदेश क मा प्रत्यक्षमा कुमार खड्का , र रामकुमार कुवर र ख प्रत्यक्ष तर्पm नरबहादुर कार्की र सावित्रा थापालाई सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नम्बर २ को प्रत्यक्षमा प्रदेशसभा क मा यदु ढकाल , होम किराती , र गम्भिर बहादुर मगरलाई सिफारिस गरेको छ ।
त्यस्तै ख मा प्रत्यक्ष तर्पm केपी बराल र मोहन बहादुर कार्कीको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपातिक तर्पm क्षेत्र नम्बर १ संघीयमा हेमा अधिकारी र कुमार परियार , १ को क तर्पm प्रिया राई , ख तर्पm रामप्रसाद बराल , धनकुमार मोते र धनदेवी सुयललाई सिफारिस गरेको छ ।
समानुपातिका सघीय निर्वाचन क्षेत्र नम्बर २ मा लिलामाया कटुवाm र योगेन्द्र दनुवारलाई सिफारिस गरेको छ भने प्रदेश सभा क मा विष्णु पराजुली , ख मा श्याम धमला , शिला बोहोरा , र एकमाया थापाको नाम सिफारिस गरेको छ । समितिले माआवादी केन्द्रको केन्द्रिय कार्यालय र प्रदेश कार्यालय विराटनगरलाई सिफारिसहरुको नाम बोधार्थ पठाएको छ ।


जनता भ्वाइस 








