जन्ताभ्वाईस सम्बाददाता
आईतबार , २ असोज , २०७९
कटारी/ किरात राई यायोक्खा (किराया) उदयपुरको अध्यक्षमा गंगा राई चयन हुनुभएको छ । किरायाको आज विहान सम्पन्न ९ औं जिल्ला अधिवेसनको बन्द सत्रले गंगा राईको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा डिबी राई , र शुभराज राई , सचिवमा सुरेन्द्र राई , सह सचिवमा कौशिला राई , र मानबहादुर राई , कोषाध्यक्ष अञ्जना राई , र सह कोषाध्यक्षमा गिता राई चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा , ईन्द्रबहादुर राई , आकाश राई , निशान राई , ऋषि राई , राजकुमार राई , पूर्णमानसिंह राई , प्रविण राई , केशर राई , र यशोदा राई चयन भएका छन् ।
शनिबारको अधिवेसनको उदघाट समारोह साँझ सकिएको थियो । साँझदेखि सुरु बन्द सत्र आज विहान ३ बजे सकिएको थियो । अध्यक्षमा निर्वाचित भएपछी राईले आगामी दिनमा किरात राई समुदायको साझा लक्ष्य , र उद्येश्य पुरा गर्न लक्ष्य र विधान अनुसार काम गर्ने बताउनुभयो ।
त्यसैगरी महिलाको नेतृत्वलाई विश्वास गरेर अध्यक्ष चयन गरेकोमा सवैलाई धन्यवाद समेत दिनुभयो । त्यसैगरी उदघाटन समारोहका प्रमुख अतिथि तथा बन्द सत्रका निर्वाचन मण्डलका संयोजक किराया केन्द्रीय कमिटीका उपाध्यक्ष राकेश राईले आगामी दिनमा संगठनको राम्रो कामका लागि नयाँ कार्यसमितिलाइ शुभकामना दिनुभयो ।
अध्यक्षमा निर्वाचित राई यसअघि किराया जिल्ला समिति उदयपुरको जिल्ला सचिव पदमा हुनुहुन्थ्यो । अधिवेसनमा वोल्दै अधिकांस वक्ताहरुले १ नम्बर प्रदेशलाई किरात प्रदेश नामाकरणका लागि आगामी प्रदेश सभाको निर्वाचनमा पहिचान पक्षधरलाई विजय गराउनुपर्ने धारणा राखेका थिए ।


जनता भ्वाइस 







