images
images

कटारी बजार अनुगमन

जन्ताभ्वाईस सम्बाददाता
३० भदौ , विहीबार , २०७९
कटारी / महान चाड दसैं तिहार नजिकिएसँगै कटारीमा आज बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको हो ।
कार्यालयका रमेश दाहालका अनुसार आज कटारी बजार अनुगमन गरिएको हो । ‘चाडबाडसँगै उपभोग्य सामाग्री खरिद बढ्ने गरेको छ ।’दाहालले भन्नुभयो ‘यस्तोवेला उपभोक्ताहरुलाई स्वास्थ्यवद्र्धक सामाग्री मात्र खरिद गर्न पाउन भन्ने उद्येश्यले अनुगमन सुरु गरेका हौं ।’
ईलाका प्रशासन कार्यालय कटारी , कटारी नगरपालिका , ईलाका प्रहरी कार्यालय कटारी , उदयपुर उद्योग वाणिज्य संघसँगको सहकार्यमा कटारीमा अनुगमन गरिएको हो । अनुगमन कटारीका २६ पसलहरुमा अनुगमन गरी म्याद गुज्रेका अखाद्य वस्तुहरु बरामद गरिएको थियो ।
अनुगमनबाट २५ हजार बराबरको म्याद गुज्रिएका अखाद्य सामाग्रीहरु बरामद गरी तावाखोलामा नष्ट गरिएको ईलाका प्रशासन कार्यालय कटारीका डम्बरबहादुर थापा मगरल बताउनुभयो । त्यसैगरी अनुगमनमा आवश्यक कागजात विना उपभोक्ताहरुलाई सामाग्री विक्रि गर्ने विभिन्न पसलहरुलाई नगद जरिवाना समेत गरिएको थियो ।