images
images

बाल दिवसको अवसरमा नगरस्तरीय प्रतियोगिताहरु सम्पन्न

जन्ताभ्वाईस सम्बाददाता
बिहिबार, ३०, भदौ , २०७९
कटारी /कटारीमा वृहत कार्यक्रम गरी बाल ५८ औं वालदिवस बुधबार मनाईएको छ । दिवसको अवसरमा कटारी नगरपालिकाले नगरस्तरीय प्रतियोगिताहरु समेत सम्पन्न गरेको छ । नगरपालिकाले माध्यमिक तह ९ देखि १२ सम्म कविता , निमावि तह कक्षा ६ देखि ८ हाजिरी जवाफ र प्राथमिक तह १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई चित्रकला प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितिाको मावि स्तरिय कविता प्रतियोगितामा प्रभात बोर्डिङ्क स्कूल कटारीका विवेक राईको गरिबको व्यहा शिर्षकको कविता प्रथम , त्रिवेणी मावि कटारी ४ की मेनुका कार्कीको मेरो देश शिर्षकको कविता दोस्रो र मावि मरुवा कटारी ४ कै बन्दना दाहालबो बालअधिकार शिर्षकका कविताले तेस्रो स्थान हासिल गरेको थियो । त्यसैगरी सरस्वती मावि हडैयाका गिता मगरको बालअधिकार शिर्षककै कविताले चौथौ स्थान हासिलल गरेको थियो ।
नगरमा विद्यार्थीहरुका लागि पहिलोपटक कविता प्रतियोगिता आयोजना गरिएको हो । त्यस्तै प्रावि स्तरिय चित्रकला प्रतियोगितामा कटारी मोडेल ईङ्लिस बोर्डिङका सृष्टि शाही प्रथम, सगरमाथा ईङ्लिस बोर्डिङका निशान तामाङ दोस्रो, सरस्वती माविका फडिन्द्र तामाङ तेस्रो र सरस्वती माविका मनिश सदा सान्त्वना भए ।
त्यसैगरी निमावि तह स्तरीय हाजिरिजवाफ प्रतियोगितामा मावि लेखानी प्रथम, मावि सोरुङ दोस्रो, थलियाटार आधारभुत विद्यालय तेस्रो र सगरमाथा इ ईङ्लिस बोर्डिङले सान्त्वना स्थाल हासिल गरे । नगरपालिकाले लिएको बालबालिकासँग नगर भन्ने तीतिसँग जोडेर कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले जानकारी दिनुभयो । प्रतियोगितामा नगरका २८ विद्यालयहरु सहभागी भएका थिए ।
प्रतियोगिताको पुरस्कृत विद्यार्थीहरुलाई नगरपालिकाकी उपमेयर गिता खड्काले पुरस्कारहरु वितरण गर्नुभयो । कार्यक्रमको आयोजनामा नेपाल लोक कल्याण संघ स्वानले पनि सहकार्य गरेको थियो ।प्रतियोगिता त्रिवेणी माविको प्राङ्गणमा सम्पन्न भएको थियो । कार्यक्रमको कटारी नगरका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले उदघाटन गर्नुभएको थियो ।