जन्ताभ्वाईस सम्बाददाता
बुधबार २९ भदौ , २०७९
कटारी / भारतिय राजदुतावासबाट कटारी नगरपालिकालाई सहयोग प्राप्त एम्बुलेन्स कटारी वडा नम्बर १४ लाई हस्तान्तरण गरिएको छ । आज कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले वडा नम्बर १४ का अध्यक्ष अम्बर मगरलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।
नगरपालिकाको पहाडी वडाका नगरवासीहरुलाई सहज होस भन्ने उद्येश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको मेयर श्रेष्ठले बताउनुभयो ।‘आज हस्तान्तरण गरेका छौं ।’उहाँले भन्नुभयो –‘अव वडाले कार्यविधि बनाएर संञ्चालनमा ल्याउँछ ।’
उक्त एम्बुलेन्स वडाको स्वास्थ्य चौकी लेखानी मातहतमा रहेर संञ्चालनमा आउने बताईएको छ । यसले नगरको पहाडी भेगका नगरवासीहरुलाई उपचारका लागि अन्यत्र लैजान ल्याउन सहज हुन अपेक्षा गरिएको छ ।


जनता भ्वाइस 







