images
images

डेंगु नियन्त्रणमा जुट्यो कटारी नगरपालिका

जन्ताभ्वाईस सम्बाददाता
बुधबार २९ भदौ , २०७९
कटारी / कटारी नगरपालिका डेंगु नियन्त्रणमा जुटेको छ । नगरमा डेंगुको संक्रमण देखिएपछी नगरपालिका यसको नियन्त्रणमा जुटेृको हो ।
कटारी स्थित कटारी अस्पत्तालमा भएको परीक्षणमा १० जनामा डेंगु देखिएको छ । ‘कटारीबाटै पैmलिन सुरु गरेको हो कि अन्यत्रबाट हो हामी अनुसन्धान गरिरहेका छौं ।’नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुरेस दाहालले भन्नुभयो –‘संक्रमितहरुको अवस्था अहिले सामान्य रहेको छ ।’
डेंगु नगरमा देखिएपछी यसको नियन्त्रणमा जुटेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले जनचेतनामुलक शन्देससँगै , जनचेतनामुलक र्याली प्रदशर्न गरिसकेको बताउनुभयो ।‘अव औषधि ल्याएर नगरको कटारी बजार क्षेत्रमा फगिङ्ग मार्पmत औषधि छर्ने तयारीमा जुटेका छौं ।’अधिकृत किरातीले भन्नुभयो –‘यसको नियन्त्रणका लागि कटारीमा प्रहरी , प्रशासन तथा विभिन्न संघसंस्थाहरुले समेत साथ दिएका छन् ।’
नगरपालिकाले ईलाका प्रहरी कार्यालय कटारी , शसस्त्र प्रहरी वेस क्याम्प कटारी , कटारी फुटबल क्लव , साथी समूह लगायतको सरोकारवालाहरुको सहकार्यमा नियन्त्रण अभियान चलाईरहेको छ । मंगलबार मात्रै कटारीको बजार क्षेत्रमा लामखुट्टेको् वासस्थानहरु रहने , वर्कसप तथा विभिन्न क्षेत्रको पानी जम्ने क्षेत्र नष्ट गरिएको छ ।
नगरपालिकाले यसवाट वच्ने उपायहरु वारे नगरवासीहरुलाई चेतना पैmलाईरहेको छ । नीजि घरहरुमा पनि गमला , टायरहरुमा पानी जम्न ननिद नगरले नगरवासीहरुलाई अनुरोध गरेको छ ।