जन्ताभ्वाईस सम्बाददाता
२५ भदौ , शनिबार २०७९
कटारी / कटारी नगरपालिकामा वृहत सरसफाई अभियान अन्र्तगत तेस्रो पटक आज शनिबार पनि सरसफाई गरिएको छ । कटारी नगरपालिकाको सहयोगमा साथी समूह कटारीले अभियान सुरु गरेको थियो ।अभियान अन्र्तगत आज कटारी अस्पत्ताल परिसरको सरसफाई गरिएको छ ।
समूहका सदस्य देव ढुंगेलका अनुसार समूहले प्रत्येक शनिबार नगरपालिकाको कटारी बजार क्षेत्रका विभिन्न स्थानहरुमा सरसफाई गर्नेछ ।
सरसफाई अभियानमा समूहमा आवद्ध युवाहरु , कटारी स्थित विभिन्न शिक्षण संस्थाका विद्यार्थीहरु , जनप्रतिनिधिहरु तथा सरोकारवाला निकायका पदाधिकारीहरु सहभागी हुने गरेका छन् ।
अभियानमा कटारीका विभिन्न संघसंस्थाहरुले पनि सघाएका छन् । अभियानले बजार क्षेत्रका फोहोरहरुको सफाई सुरु गरेको हो ।अभियानमा वन विज्ञान क्याम्पस कटारीमा विद्यार्थीहरुले पनि सघाउँदै आएका छन् । द ईको कन्जरभ्यान्सी अन्र्तगत विद्यार्थीहरुले सरसफाईमा सहयोग गरेका हुन् ।


जनता भ्वाइस 







