जन्ताभ्वाईस सम्बाददाता
२४ भदौ , शुक्रबार २०७९
कटारी/ किरात राई यायोक्खा नगर कमिटी कटारीको तेस्रो नगर अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले पुन अध्यक्षमा पदम राईलाई चयन गरेको छ ।
बिहिबार आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारीको भवनमा सम्पन्न अधिवेसनले नयाँ १५ सदस्यिय नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हिराजित राई , कोषाध्यक्षमा हिरा राई , सचिवमा मेनुका राई , र सह सचिवमा तुलाराज राईलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा दुर्गासरी राई , हेम राई दिपक , सुरेन्द्र राई , हिक्कामन राई , महेश राई , ओमराज राई , पारस राई , मदन राई , भोलासेर राई र मुकेश राईलाई चयन गरेको छ । यायोक्खाको उदयपृुर जिल्ला अधिवेसन यहि आउने असोजमा हुँदैछ । जिल्ला अधिवेसन पूर्व नगरकमिटीको अधिवेसन गरिएको हो ।


जनता भ्वाइस 







