जन्ताभ्वाईस सम्बाददाता
बिहिबार २३ भदौ ,२०७९
गाईघाट / उदयपुरमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । उदयपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई गृह क्षेत्रबाट सिफारिस भएका छन् ।
जिल्ला स्थित पार्टी अध्यक्ष केशव मगरको अध्यक्षतामा बुधबार बसेको बैठकले उम्मेदवारहरुको नाम टुंग्याएको हो । राईलाई गृह जिल्ला भएकाले मानार्थ नाम सिफारिस गरिएको हो । त्यसैगरी यहि क्षेत्रमा गोपाल राई र कौशिला राईको नाम पनि सिफारिस भएको जसपाका नेता गोपाल राईले बताए ।
समानुपातिकतर्पm उर्मिला राई, बाबुराम राई, सुरेन्द्र राई, मणिकुमार राई, भुपेन्द्र राई, विश्व राई, अञ्जना राई र दुर्गा राईको नाम सिफारिस भएको छ । प्रदेशसभाकै (ख) का लागि प्रदिप चौधरी र नवराज राईको नाम सिफारिस भएको छ । समानुपातिकतर्पm खेमनारायण यादव, ओसन घिमिरे, भिम विक, महम्मत इस्लाम र विनोद चौधरीको नाम पठाइएको पार्टीले जनाएको छ ।
त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रत्येक्षतर्पm सिद्धान्त राई र पदम लामाको नाम सिफारिस भएको छ ।समानुपातिकतर्पm दिपक माझि, फुलसरी राई, गौरीशंकर उदास र अगमशेर राई रहेका छन् । प्रदेशसभा २ (क) प्रत्येक्षतर्पm विश्वराज राईको नाम सिफारिस भएको छ ।
समानुपातिकतर्पm बसन्तकुमार राई, घनश्याम कटवाल, हस्तशोभा राई, प्रतिनिधिसभा २ (ख) मा केशव आलेको नाम सिफारिस भएको छ । समानुपातिकतर्पm बुद्धिमान तामाङ र शुसिलाकुमारी मगरको नाम सिफारिस भएको छ ।…


जनता भ्वाइस 







