images
images

प्रतिनिधि सभा सदस्यमा सिफारिसमा परेका ज्ञानेन्द्र श्रेष्ठ काजीको चर्चा बढ्दै

जन्ताभ्वाईस सम्बाददाता
२२ भदौ , बुधबार , २०७९
कटारी/ उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र श्रेष्ठ (काजी ) को नाम सिफारिस भएको छ । आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै उदयपुरमा चुनावी सरगर्मी बढेको छ ।
चुनावी सरगर्मी बढे संगै जिल्लामा प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको सिफारिस समेत भएको छ। प्रतिनिधिसभाका लागि २ र प्रदेशभाका लागि ४ सदस्य निर्वाचित हुने उदयपुरमा अहिले साना–ठूला सबै राजनीतिक दलबाट उम्मेदवारको नाम छनौट गरेर प्रदेश तथा केन्द्रमा सिफारिस गर्ने काम दलहरुले धमाधम गरिरहेका छन् ।
यसैक्रममा नेकपा एमालेले निर्वाचन क्षेत्र नम्बर २ बाट ज्ञानेन्द्र श्रेष्ठ (काजी) को नाम सिफारिसमा परेको हो । कटारीका निबर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) को नाम समेत सिफारिसमा परेको हो ।यस क्षेत्रमा बेद प्रसाद पोखरेल,ज्ञानेन्द्र श्रेष्ठ,शैलेस लामा,अम्बर बहादुर रायमाझी,कला घले,डा.भेषराज थापा,प्रेम कुमार गौतम गरी ७ जनाको नाम सिफारिस गरि पठाएको छ ।
श्रेष्ठ उदयपुर क्षेत्र नम्बर २ को क्षेत्रीय संयोजक समेत हुनुहुन्छ । पूर्व मेयर श्रेष्ठ यस क्षेत्रका लागि दावेदार आकांक्षी उमेद्वारको रुपमा हेरिएको छ । श्रेष्ठको नाम सिफारिस भएसँगै अहिले चुनावी सरगर्मी बढेको छ ।