images
images

कटारी नगरपालिकामा निजामती सेवा दिवसको अवसरमा कार्यसम्पादन सम्झौता

जन्ताभ्वाईस सम्बाददाता
२२ भदौ , बुधबार , २०७९
कटारी निजामती सेवा दिवस २०७९ को अवसर पारेर आज कटारी नगरपालिकामा कार्यसम्पादन सम्झौता गरिएको छ । दिवसको अवसरमा शुभकामना आदान प्रदान गर्दै कार्यसम्पादन सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले कार्यसम्पादन सम्झौता गरिउको जानकारी गराउनुभएको छ ।
नगरको कामलाई पारदर्शी, नतिजामुलक, सेवाग्राहीमैत्री सरल र प्रभावकारी संगै प्रविधिमैत्री बनाउनको लागि कार्य सम्पादन सम्झौता गरिएको हो । दिवसको असवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र बिषयगत शाखाका प्रमुखहरु बीच कार्य सम्पादन सम्झौता गरिएको हो ।
त्यसैगरी कामलाई पारदर्शी , नतिजामुलक , सेवाग्राहीमैत्री , सरल र प्रभावकारी साथै प्रविधि मैनी बनाउन नगर प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत वीचको कार्यसम्पादन सम्झौता समेत गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत र शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला, भूमि, रोजगार, विपद, योजना, जिन्सी, लेखा, प्राविधक, सूचना प्रविधि, राजश्व, पंजीकरण, आयुर्वेद, सामाजिक मनोपरामर्श शाखा वीच सम्झौता गरिएको हो ।