images
images

उदयपृुर २ मा माओवादी केन्द्रद्वारा सुरेशकुमार राई सहित ५ जनाको नाम सिफारिस

जन्ताभ्वाई सम्बाददाता
२० भदौ , सोमबार , २०७९
कटारी / आगामी मंसिर ४ गते हुने प्रदेश तथा केन्द्रीय निर्वाचनका लागि माओवादी केन्द्रले पनि प्रत्यक्ष तर्पm उमेद्वार सिफारिस गरेको छ । माओवादीले केन्द्रका लागि सुरेशकुमार राई (हिमाल) सहित ५ जनाको नाम सिफारिस गरेको हो ।
जसमा राई सहित मोहन खत्री , भेषकुमारी राउत , विनोद कटुवाल र नारायण वुर्जा रहेका छन् । त्यसैगरी उदयपुर २ को प्रदेश सभा ख मा भेषकुमारी राउत , मनिराज दाहाल ,हेम दाहाल र केदार कोईरालाको नाम सिफारिस गरेको छ ।
संविधान सभा सदस्य भेषकुमारी राउत (कोपिला)को नाम भने केन्द्र र प्रदेश दुवै क्षेत्रमा सिफारिस भएको छ । त्यसैगरी साथै माओवादी केन्द्रले प्रदेश समानुपातिक तर्फ मिना पराजुली कोईराला ,भगवती खनाल ,. जिमला पौडेल , सुमित्रा लामा पोखरेल ,र काजिलाल दनुवारको नाम सिफारिस गरेको छ ।