images
images

कटारी नगरमा वृहत सरसफाई अभियान

जन्ताभ्वाईस सम्बाददाता
१९ भदौ , आईतबार , २०७९
कटारी / उदयपुरको कटारी नगरपालिकामा वृहत सरसफाई अभियान अन्र्तगत दोस्रो पटक हिजो शनिबार पनि सरसफाई गरिएको छ । कटारी नगरपालिकाको सहयोगमा साथी समूह कटारीले अभियान सुरु गरेको थियो ।
अभियान अन्र्तगत शनिबार कटारी स्थित वसपार्क क्षेत्रको सरसफाई गरिएको छ । समूहका सदस्य देव ढुंगेलका अनुसार समूहले प्रत्येक शनिबार नगरपालिकाको कटारी बजारमा सरसफाई गर्नेछ ।
सरसफाई अभियानमा समूहमा आवद्ध युवाहरु , कटारी स्थित विभिन्न शिक्षण संस्थाका विद्यार्थीहरु , जनप्रतिनिधिहरु तथा सरोकारवाला निकायका पदाधिकारीहरु सहभागी हुनेछन् । जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र कटारी बजारलाई सफा राख्न अभियान थालिएको हो ।
अभियानमा कटारीका विभिन्न संघसंस्थाहरुले पनि सघाएका छन् । अभियानले बजार क्षेत्रका फोहोरहरुको सफाई सुरु गरेको हो ।