images
images

उदयपुर २ मा एमाले आकांक्षी उमेद्वारहरुको नाम सिफारिस

जन्ताभ्वाईस सम्बाददाता
१९ , भदौ , आईतबार , २०७९
कटारी / नेकपा एमालेले आगामी मंसिर ४ मा हुने केन्द्र र प्रदेश निर्वाचनका लागि उदयपुरको क्षेत्र नम्बर २ र २ कै प्रदेश सभा ख को लागि आकांक्षी उमेद्वारहरुको नाम सिफारिस गरेको छ । आज कटारीमा वसेको एमालेको क्षेत्रीय कमिटीको वैठकले क्षेत्र नम्बर २ का केन्द्र संघका लागि ७ जनाको नाम सिफारिस गरेको छ ।
जसमा कला घले , ज्ञानेन्द्र श्रेष्ठ , अम्मर रायमाझी , वेदप्रसाद पोखरेल , शैलेस लामा , डा.भेषराज थापा , र प्रैम गौतम रहेका छन् । त्यसैगरी एमालेले हिजो वसेको प्रदेश सभा ख को वैठकले १२ जनालाई प्रत्यक्षमा उमेद्वार सिफारिस गरेको छ ।
जसमा संजिव कार्की , नोखबहादुर श्रेष्ठ , कृष्णराज दनुवार , रतन पोखरेल , रेणुका मल्ल ठकुरी , लालबहादुर भण्डारी , रमेश तिवारी , तुलसी चौलागाई , नवराज पोखरेल , जीवनाथ दाहाल , शोभा कार्की , र उद्धवसिंह थापा रहेका छन् ।
त्यसैगरी एमालेले प्रदेश सभा ख बाट समानुपातिकका लागि कमलमाया राई , भीम दर्नाल , तारा तामाङ ,र मनोज तामाङको नाम सिफारिस गरेको छ । आगामी निर्वाचनका लागि उमेद्वार सिफारिस भएसँगै यस क्षेत्रमा पनि चुनावी सरगर्मी बढ्न थालेको छ ।