images
images

उदयपुरमा एकै परिवारका तीनजनाको हत्या

जन्ताभ्वाईस सम्बाददाता
१७ भदौ ,शुक्रबार , २०७९
गाईघाट/उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । जिल्लाको बेलका नगरपालिका–७ मैनामैनीमा एकै परिवारका तीन जनाको हत्या भएको हो । मैनामैनीका ३७ वर्षे राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र उनीहरूका १२ वर्षीया छोरा सुजनको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय ४० वर्षे नरबहादुर बस्नेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
आरोपीलाई बेलका नगरपालिका–६ वरबोटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राकेशकुमार पोदारले जानकारी दिनुभयो । वस्नेत ईलाका प्रहरी कार्यालय रामपुरको नियन्त्रणमा छन् ।
मृतक एकै परिवारको शव दिलुवाटारको वाबिङखोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिएपछी स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । आरोपी नाताले मृतककै दाजु हुन् । हत्या गर्नुको कारण बारे अहिलेसम्म खुलेको छैन् ।घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।