images
images

पोखरामा तालिम लिएपछी आलोचित दुधौलीका जनप्रतिनिधि र कर्मचारीको प्रतिवद्धता ,दुधौलीलाई नै पोखरा जस्तो बनाईने

जन्ताभ्वाईस सम्बाददाता
१६ भदौ , विहिबार , २०७९
दुधौली /पोखरामा तालिम आयोजान गरेपछी चर्चामा आएको सिन्धुलीको दुधौली नगरपालिकाको प्रमुख सहितको टोलीलले दुधौलीलाई पोखरा जस्तो बनाउने उद्येश्य रहेको जनाएको छ । पोखरा भ्रमणबाट फर्किएपछी भ्रमण टोलीले प्रतिवद्धता पत्र नै सार्वजनिक गरेको छ ।
भ्रमणका क्रममा सिकेका सिकाईका आधारमा प्रतिवद्धता पत्र तयार पारेको भन्दै सिकाईलाई प्रयोगमा ल्याउने उद्देश्यका साथ प्रतिवद्धता पत्र सार्वजानिक गरेको दुधौली नगरपालिकाका प्रवक्ता दिपक खड्काले बताउनु भयो ।स्मार्ट दुधौली निमार्णका लागि यो अवलोकन भ्रमणले धेरै सिकाएको नगरपालिकाका नगर प्रमुख दिनेस अधिकारी दनुवारले बताउनु भयो ।
दुधौली नगरपालिकाले आज पत्रकार संमेलन गर्दै अध्ययन अवलोकन भ्रमणका बारेमा १९ बुँदे प्रतिवद्धता पत्रका साथमा तालिमका बारेमा प्रष्ट पारेको हो । पोखरा नै किन छनोट भन्ने पत्रकारहरुको प्रश्नलाई सम्बोधन गर्दै नगरपालिकाका प्रवक्ता दिपक खड्काले श्रावण १४ मा नगरपालिकाको ९१ औं कार्यपालिका बैठकको निर्णयअनुसार दुधौली नगरलाई पर्यटकीय नगरी पोखरा जस्तो बनाउने उद्देश्यका साथ तालिम स्थान पोखरालाई छनौट गरिएको बताउनु भयो । ‘तालिम सँगसंगै असल अभ्यास गरेका पोखरा आसपासका केही स्थानीय तहहरुको समेत अवलोकन गर्ने गरी क्षमता विकास कार्यतालिका तयार गरिएको थियो ।’खड्काले भन्नुभयो ।
तालिम र अध्ययन अवलोकन भ्रमणलाई छुट्टा छुट्टै प्याकेजमा संचालन गर्दा समय र रकम दुवै वढी लाग्ने देखी विनियोजन भएको रकममा पनि केही रकम बचत गर्ने हिसावले संयुक्त रुपमा कार्यक्रम व्यवस्थापन गरिएको पनि उहाँले प्रष्ट पार्नु भयो । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ (क) (१२), १६ को उपदफा ४ (ख) (६), १६ को उपदफा ४ (ग) (६) मा भएको व्यवस्था बमोजिम नगर प्रमुख, उप प्रमुख र वडा अध्यक्षज्यूहरुले कानुनले कार्यवाहक दिन मिल्ने सदस्यहरुलाई कार्यवाहकको व्यवस्था गरी तथा प्रमुख प्रशासकीय अधिकृतले कार्यालयका जिम्मेवार अधिकृतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई कार्यालयको स्वीकृत वार्षिक कार्यक्रममा समावेश भएको क्रियाकलाप विधिसम्मत तरिकाले संचालन भईरहेकोमा सत्य तथ्य नवुझी पूर्वाग्रही ढंगबाट कार्यालयको काम ठप्प भएको भनी नगरवासीहरुमा झुटो अफवाह फैलाउने काम केही संचार माध्यम र सामाजिक संजाल मार्फत भएको भन्दै उहाँले संचार माध्यममा कार्यरत सम्पूर्ण संञ्चारकर्मीहरुलाई सत्य तथ्य बुझेर मात्र कलम चलाउन आग्रह गर्नु भयो ।