images
images

कटारीमा फेला परेका वेवारिशे एक जेष्ठ नागरिकको उद्धार

जन्ताभ्वाईस सम्बाददाता
१५ भदौ , बुधबार , २०७९
कटारी /केहिदिनदेखि वेवारिशे अवस्थामा कटारी , ४ स्थित टाईगर फिल्डको प्याराफिटमुनी वस्दै आएका एक जेष्ठ नागरिकको उद्धार गरिएको छ । वेवारिसे अवस्थामा रहेका जेष्ठ नागरिक उदयपुरकै ताप्ली गाउँपालिका ४ , ठानागाउँका एकबहादुर राउत रहेको जानकारी आएपछी उद्धार गरिएको कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार ताप्ली गाउँपालिकाका उपप्रमुख धनम मगर लगायतले आर्थिक सहयोग गरी कटारी अस्पत्तालमा प्राथमिक उपचारपछी थप उपचारका लागि काठमाडौं पठाईएको छ । ताप्ली गाउँपालिकाका उपप्रमुख मगर सहित उद्धार गरी परिवारलाई जिम्मा लगाई उपचारका लागि काठमाडौं पठाईएको कटारीका मेयर श्रेष्ठले बताउनुभयो ।