फोटो कर्ण राईको फेसबुकबाट साभार
जन्ताभ्वाईस सम्बाददाता
१५ भदौ , बुधबार , २०७९
कटारी /कटारी नगरपालिकाले सडक क्षेत्र खाली गर्न १५ दिने समय सीमा तोकेको छ । आज नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठ हस्ताक्षरित एक सुचना जारी गर्दै नगरपालिकाले नगरपालिका क्षेत्र र विशेषगरी बजार क्षेत्रभित्रका सिद्धिचरण लोकमार्ग , अन्य पूर्व र पश्चिम दायाँबाँयामा रहेको सडकको फुटपाथ र सडकको दायाँवाँया नाला रहेको सार्वजनिक स्थानमा अनुमति वेगर विभिन्न प्रकारका निर्माण सामाग्री , घरटहरा व्यापारिक सामाग्री राख्ने जस्ता कार्यले सडक अस्तव्यस्त बनेको भन्दै खाली गर्न सुचना जारी गरेको हो ।
समय भित्र यसप्रकारका सामाग्रीहरु हटाई सहयोग गर्न आग्रह गर्दै समयभित्र नहटाए नगरापालिकाले हटाउने पनि सूचनामा उल्लेख गरिएको छ । उठाउँदा लागेको खर्च सम्बन्धित व्यक्ति , निकायबाट नै असुल गरिने पनि पनि सुचनामा उल्लेख गरिएको छ । त्यसैगरी पशु चौपायाहरु समेत छाडा नछाडिदिन पनि नगरपालिकाले आग्रह गरेको छ। ‘यो पहिलो चरणमा नालाभित्रको अतिक्रमण खालि गर्छौं ’मेयर श्रेष्ठले भन्नुभयो —‘अहिले यति मिटर त्यति मिटर भन्दापनि सडकको नालादेखि नालाभित्रको अतिक्रमण खालि गराउँछौं ।’


जनता भ्वाइस 







