images
images

उदयपुर प्रदेश सभा २ को ख मा काँग्रेसका ९ आंकाक्षीको नाम सिफारिस

जन्ताभ्वाईस सम्बाददाता
१५ भदौ , बुधबार , २०७९
कटारी / उदयपुर प्रदेश सभा २ को ख मा नेपाली काँग्रेसका ९ जना आकांक्षी देखिएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि काँग्रेसले उमेद्वार चयन प्रकृया सुरु गरेको हो ।
प्रदेश सभा २ को ख मा काँग्रेसबाट कृष्ण श्रेष्ठ , चन्द्रदिप पौडेल ,जन्मजय राई ,दुर्गाबहादुर खपाङ्गी मगर ,प्रकाश थापा ,रामकुमार खत्री ,रामकुमार राई ,रामबहादुर पोखरेल ,र सरस्वती ढुंगानाले उमेद्वार बन्न आकांक्षा प्रकट गरेका छन् । उनिहरुले आफु प्रत्यक्ष तर्पm उमेद्वार बन्ने दावी गरेका छन् ।
काँग्रेसको प्रदेश कार्यसमिति र महाधिवेसन प्रतिनिधिहरुको संयुक्त वैठकमा उनीहरुले निर्वाचनमा आफु उमेद्वार बन्नुपर्ने दावी गरेका हुन् ।पार्टीको विधान अनुसार योग्यता पुगेका ईच्छुकहरुलाई छफफल गराउँदा समेत उनीहरुले दावी कायम गरेपछी ९ जनाको नाम वैठकले सिफारिस गरेको हो ।


त्यसैगरी यस क्षेत्रबाट समानुपातिक तर्पm १३ जनाको नाम सिफारिस गरिएको छ । जसमा अशोक कुमार श्रेष्ठ ,जयबहादुर मोते ,तुलसी परियार ,डिकबहादुर ठकुरी ,धनकुमार दनुवार ,बुद्धिबहादुर कट्टेल ,भक्त राना मगर ,साङ्गदोर्जे तामाङ्ग ,चिनीमाया तामाङ्ग ,दिर्घादेवी अधिकारी खड्का ,निर्मला वस्नेत ,रामकुमारी साह र रुक्जा राई रहेका छन् ।