गणेश पुजा व्यवस्थापन समिति कटारीको आयोजनामा कटारी बजारमा तिज मनाउँदै महिलाहरु । तस्बिर जन्ताभ्वाईस
जन्ताभ्वाईस सम्बाददाता
१४ भदौ , मंगलबार , २०७९
कटारी/हिन्दु नारीहरुको महानपर्व हरितालिका तिज आज, भगवान शिवको आराधान गरेर मनाईदैछ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा ब्रत बसी भगवान शिवको पुजा आराधना गर्नाले सुख शान्ति र परिवारको कल्याण हुने जनविश्वास रहेको छ ।
तिजको अघिल्लो दिन हिजो दर खाएका महिलाहरुले आज निराहार ब्रत बसेर शिवालयमा गएर पुजा आराधना गर्ने गर्दछन । सत्ययुगमा आजैको दिन निराहार ब्रत बसी पार्वतीले महादेव स्वामी पाएको कथनअनुसार तिजको दिन ब्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
कटारी आसपासमा पनि आज धुमधामका साथ तिज मनाईदैं छ । यहाँका शिवालयहरुमा पनि पुजाआराधना भईरहेको छ । कटारीको वेतेनी स्थित मन्दिर ताराघारी महादेव गुफा लगायतका विभिन्न स्थानका मन्दिरहरुमा आज पुजा आराधना भईरहेको छ ।
कटारी बजार आसपाका सिमसार क्षेत्र , भाईरल रोड , कटारी बजारका चोकचोकमा आज शुभकामना आदान प्रदान गर्न महिलाहरु भेला भएका छन् । कटारी बजारमा गणेश पुजा व्यवस्थापन समितिले पनि तिजमा पुजा आराधनास्थल निर्माण गरी धुमधामका साथमा तिज मनाईरहेको छ ।
चाडबाड सुरु भएसँगै कटारी बजारमा समेत चहल पहल बढेको छ । गाउँघर , बजार सबै तिर आज विशेष रुपमा तिज मनाईदैं छ ।


जनता भ्वाइस 







