images
images

कटारी नगरद्वारा भदौ मसान्त भित्रै सामाजिक सुरक्षा भत्ता नविकरण गर्न आग्रह

जन्ताभ्वाईस सम्बाददाता
१३ भदौ , सोमबार , २०७९
कटारी /कटारी नगरपालिकाले आज एक सुचना जारी गर्दै यहि भदौ मसान्त भित्रै सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुलाई नविकरण गर्न सुचित गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुेरश कुमार दाहाल हस्ताक्षरित सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
यस अघि गएको असार ३० गते प्रमुख प्रशासकीय अधिकृत अनिल किराती हस्ताक्षरित सुचना जारी गर्दै नगरले साउन १ गतेदेखि कार्तिक मसान्तसम्म नविकरणको समय दिएको थियो । पहिलो त्रैमासिक किस्ताका लागि असोज भित्रमा नै लाभग्राही सूची तयार गर्नुपर्ने भन्दै नगरले यसपटक भदौ मसान्त भित्रमा सामाजिक सुरक्षा परिचय पत्र आफ्नो वडामा गई नविकरण गर्न जानकारी गराएको हो ।
अन्यथा सामाजिक सुरक्षा भत्ता छुट भएमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुनुपर्ने पनि नगरपालिकाले जनाएको छ ।