कार्यालयको कामकाज प्रभावित , सेवाग्राही मार्कामा , ८ लाख खर्च गर्दै तालिम
जन्ताभ्वाईस सम्बाददाता
१३ भदौ , सोमबार , २०७९
दुधौली /कार्यालयको काम नै ठप्प पारेर सिन्धुलीको दुधौली नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी पोखरा गएका छन् । क्षमता विकास तालिमका लागि उनीहरु पोखरा पुगेका हुन् । नगरपालिकामा गठबन्धबाट निर्वाचित जनप्रतिनिधि र विभिन्न शाखाका प्रमुखहरु तालिमका लागि पोखरा पुगेका हुन् ।
दुधौली नगरपालिकाद्धारा आयोजित क्षमता विकास तालिममा एमालेबाट निर्वाचित चार वडा अध्यक्ष भने सहभागि छैनन् ।नगरपालिकाले आठ लाख खर्च गरेर पोखराको होटल क्विन स्पार्क लेक साइडमा तालिम गरिरहेको छ ।
पोखरामा तीन दिनको कार्यक्रमका लागि आवतजावत गरि जम्मा सात दिनको कार्यक्रम तालिका रहेको छ । नगर कार्यपालिकाको बैठकमा निर्णय नै नगरि पोखरामा तालिम आयोजना गरिएको भन्दै तालिममा सहभागि नभएका चार वडा अध्यक्षले विरोध गरेका छन् ।
उनीहरुले नगरपालिकालाई ध्याकर्षण पत्र समेत बुझाएका थिए । सात दिन सम्म पालिकाको सेवा प्रवाहमा असर परेको भन्दै स्थानियले तालिमको विरोध गरेका छन् । दुधौलीमै प्रशस्त तालिम दिने सभा हल छोडेर उनीहरु पोखरा पुगेका हुन् ।


जनता भ्वाइस 








