जन्ताभ्वाईस सम्बाददाता
१२, भदौ , आईतबार , २०७९
कटारी / लागु औषध र्दुव्र्यसनी न्युनिकरणका लागि कटारीमा प्रहरीले जनचेतनामुलक कार्यक्रम गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीको प्रमुखको रुपमा आउनु भएका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन कार्कीले कटारीमा लागु औषध न्युनिकरणका लागि अभियानको सुरुवात गर्नुपर्ने बताउँदै पहिलो पटक सचेतना कार्यक्रम गरिएको बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय परिसरमा सरोकारवाला तथा स्थानीय अभिभावकहरु सहितको कार्यक्रममा डिएसपी कार्कीले जघन्य गल्ति भएमा सुध्रिने ठाउँ नभएकाले सानो तिनो गल्तिमा नै सुध्रिनु आवश्यक रहेको बताउनुभयो । लागुऔषध प्रयोगकर्ता तथा यससँग सम्बन्धि अवैध कार्यगर्नेलाई प्रहरीले कार्वाही गर्ने नै बताउँदै यसको दिर्घकालिन समाधानका लागि भने सवै सरोकारवालाहरु लाग्नुपर्ने डिएसपी कार्कीले बताउनुभयो ।
त्यसैगरी लागुऔषध दुव्र्यसनी विरुद्धको अभियानमा कृयाशिल अभियन्ता नारायण राईले लागु औषधले समाजलाई नै असर पुराउने भन्दै यसको नियन्त्रणका लागि सवै लाग्नुपर्ने बताउनुभयो । सवैभन्दा पहिला प्रयोगकर्ताहरुले आफुबाट सुध्रिन सुरु गर्नुपर्ने बताउनुभयो । त्यसैगरी अभियन्ता विजय अधिकारीले अभिभावकहरुले पनि आप्mना वालवालिकाहरुको ख्याल गर्नुपर्ने बताउनुभयो । उनीहरु कतिवेला आए कता गए निगरानी गर्नुपर्ने बताउनुभयो ।
केहिदिन अघि भर्खरै आउनुभएका डिएसपी रविन कार्की लगायतको परिचयात्मक तथा अन्र्तकृया कार्यक्रममा कटारीमा सरोकारवालाहरुले कटारीमा लागुऔषध समस्या बन्दै गएको बताएका थिए । यो समस्या न्युनिकरणका लागि प्रहरी लागि पर्ने बताउँदै यसमा सवैको साथ आवश्यक रहेको डिएसपी कार्कीले बताउनुभएको थियो ।


जनता भ्वाइस 







