जन्ताभ्वाईस सम्बाददाता
१२, भदौ , आईतबार , २०७९
कटारी/नेपाल विद्यालय कर्मचारी परिषदको आन्दोलनका कार्यक्रम अन्र्तगत कटारीका विद्यालयहरु प्रभावित भएका छन् । आन्दोलनको कार्यक्रम अन्र्तगत सामुदायिक विद्यालयहरु एक हप्ता बन्द गर्ने घोषणा परिषदले गरेको थियो । उक्त कार्यक्रम अन्र्तगत आजदेखि विद्यालयहरु वन्द रहेका छन् । विहानै विद्यालय आएका विद्यार्थीहरु विद्यालय बन्द भएपछी घर फर्किएका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद नगर कमिटीका अध्यक्ष भुवन पोखरेलले केन्द्र तहदेखि सवै संघसंगठनहरुले आन्दोलनमा एकेवद्धता जनाएकाले विद्यालय बन्द गरिएको बताउनुभयो ।परिषदको जिल्ला कार्य समिति उदयपुरको शुक्रबार बसेको बैठकले यही भदौं १२ गतेदेखि १८ गतेसम्म एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गर्दै विज्ञप्ति समेत जारी गरेको थियो ।
सरकारले माग सम्बोधन नगरेको भन्दै यही भदौ १२ गतेदेखि १८ गतेसम्म कटारी सहित देशभरका सामुदायिक बन्द गर्ने कर्मचारी परिषदले घोषणा गरेको हो । परिषदको भदौं १९ गते काठमाण्डौंमा वृहत प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको विज्ञप्तीमा जनाएको छ ।
यसअघि पनि कर्मचारीहरुले विभिन्न आन्दोलन गरिसकेका छन् । विद्यालय कर्मचारी सहायक (लेखापाल)का लागि ३४ हजार ७३० तलब कायम हुनुपर्ने, विद्यालय सहयोगीहरूका लागि २४ हजार २१० तलब कायम हुनुपर्ने, ६० वर्षको उमेर हदका कारण अवकाश गरिएका विद्यालयका कर्मचारीहरुका लागि नेपाल सरकारले तत्काल कार्यविधि मार्फत सम्पूर्ण सेवा सुविधकाको प्रबन्ध गर्न, विद्यालय कर्मचारीहरुलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन विदा, सन्तति वृति आदिको प्रबन्ध गर्नु पर्ने, संघीय शिक्षा ऐन शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गरिनु पर्ने लगायत उनीहरुको माग छ ।


जनता भ्वाइस 







