जन्ताभ्वाईस सम्बाददाता
१२, भदौ , आईतबार , २०७९
कटारी/गाईघाट —वेल्टार सडकखण्डमा भएको मोटरसाईकल दुर्घटना परी कटारीका एक युवाको ज्यान गएको छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट–बेलटार खण्डको इकराहा खैराहामा शनिबार भएको मोटरसाईकल दुर्घटनामा परी कटारी नगरपालिका ४ का २४ वर्षिय चालक अभिसेक खड्काको मृत्यु भएको हो ।
घुमफिरका लागि गएका श्रीमान श्रीमति इटहरीबाट घर फर्कने क्रममा दुर्घंटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी खड्काकी पत्नी २० वर्षीया संगीता खड्का घाईते भएकी छिन् । उनको उपचारपछि डिस्चार्ज भईसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
इटहरीबाट कटारीतर्फ आउँँदै गरेको प्र १–००५–००१ प ७४८५ नं. को मोटरसाईकल घुम्ती मोडमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । चौदण्डीगढी नगरपालिका ९ स्थित खैराहा झोडास्थित सडकको घुम्ती मोडमा आफै अभियन्त्रित भई सडक किनारको रेलिङमा ठोक्किदा खड्काको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतक नेकपा माओवादी केन्द्र कटारी नगरपालिका ४ का पार्टी अध्यक्ष रामबाबु खड्काका एक्लो छोरो हुन् ।उनको केहि महिनाअघि मात्रै संगीतासँग विवाहा भएको थियो ।


जनता भ्वाइस 







