images
images

साथी समूहद्वारा वसपार्क क्षेत्रमा सरसफाई

जन्ताभ्वाईस सम्बाददाता
११, भदौ , शनिबार , २०७९
कटारी /साथी समूह कटारीले आज कटारीको वसपार्क क्षेत्रमा सरसफाई गरेको छ । समूहले कटारी नगरपालिकाको सहयोगमा जनचेतना मुलक सरसफाई कार्यक्रम आयोजना गरेको हो ।
साप्ताहिक रुपमा सरसफाई गर्नका लागि सरसफाई अभियान थालिएको समूहले जनाएको छ । कार्यक्रममा कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ लगायत समूहमा आवद्ध युवाहरुको सहभागिता रहेको थियो ।