images
images

कटारी १०मा भिरबाट लडेर एकजनाको ज्यान गयो

जन्ताभ्वाईस सम्बाददाता
शुक्रबार , १० भदौ , २०७९
कटारी/ कटारीमा भिरबाट लडेर एकजनाको ज्यान गएको छ। बुधबार राति ९ बजेको समयमा कटारी नगरपालिका १० सोता स्थित स्थानीय ६० वर्षिय फौद बहादुर श्रेष्ठको भिरबाट लडेर ज्यान गएको हो । घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखि घर फर्कने क्रममा अचानक भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै ज्यान गएको पनि प्रहरीले जनाएको छ ।