images
images

कटारीमा लागुऔषध नियन्त्रणका लागि कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड

जन्ताभ्वाईस सम्बाददाता
विहिबार , ९ भदौ , २०७९
कटारी /उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले कटारीको मुख्य समस्या लागुऔषध भएकाले यसलाई नियन्त्रण गर्न कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । आज ईलाका प्रहरी कार्यालय कटारीमा सम्पन्न परिचयात्मक तथा अन्र्तकृया छलफल कार्यक्रममा सहभागीहरुको भनाई सुनिसकेपछी प्रमुख जिल्ला अधिकारी यादवले विकास सँगसँगै लागुऔषध नियन्त्रणमा सरोकारवालाहरु लाग्नुपर्ने बताउनुभयो ।
‘लागुऔषध प्रमुख समस्या हो भने कार्ययोजना बनाएर अघि बढ्नु पर्यो ’यादवले भन्नुभयो —‘सुरक्षित भएर हिंड्ने वातावरण भएपो विकास हुन्छ ’तत्काल सुधार केन्द्र निर्माण गर्नुपर्नेमा पनि यादवले जोड दिनुभयो । त्यसैगरी भर्खरै उदयपुरको प्रहरी प्रमुख भएर आउनुभएका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले लागुऔषध नियन्त्रणमा कार्ययोजना बनाएर सरोकारवालासँग सहकार्य गर्नुपर्नेम जोड दिनुभयो ।
ट्राफिक व्यवस्थापनमा सहकार्य , वेलसोत नाका निगरानीका लागि सिसी क्यामरा जडान तनाब न्युनिकरणका लागि सचेतना कार्यक्रम आवश्यक रहेको पुmँयालको भनाई थियो । त्यसैगरी भर्खरै कटारीमा आउनुभएका ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले लागु औषध नियन्त्रणका लागि प्रहरी एक्लैले नसक्ने बताउँदै यसमा सरोकारवाला र समुदायको साथ आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु , कटारी नगरपालिकाका उपमेयर गिता खड्का , राजनीतिक दलका प्रतिनिधि तथा प्रमुखहरु , संञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले कटारीको समस्या लागुऔषध बन्दै गएको प्रतिकृया दिएका थिए ।