जन्ताभ्वाईस सम्बाददाता
विहिबार , ९ भदौ , २०७९
रुपाटार /उदयपुरको ताप्ली गाउँपालिकामा ३ सय ९० घण्टे सिलाई कटाई र हाउस वायरिङ्ग तालिम सम्पन्न भएको छ । वल्ड भिजन ईन्टरनेशनलको सहयोगमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक)को आयोजनामा तालिम सम्पन्न भएको हो ।
हुरेण्डेकका सह—सचिव जिवनाथ दाहालका अनुसार सिलाई कटाई तर्पm १८ जना महिलाहरुलाई तालिमका साथै प्रतिव्यक्ति १५ हजार ६ सय ६९ बराबरको सिलाई कटाई सामाग्री समेत हस्तान्तरण गरिएको थियो । त्यसैगरी हाउस वायरिङ्ग तालिममा १६ जना युवाहरुलाई सीप सिकाईएको थियो ।
तालिमको गाउँपालिकाका उपाध्यक्ष धनमाया मगरको उपस्थितिमा एक कार्यक्रम गरी समापन गरिएको थियो । उपाध्यक्ष मगरले सीपबाट रोजगारी सिर्जना हुने र यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनुभयो ।


जनता भ्वाइस 








