images
images

कटारी नगर खेलकुद विकास समितिमा दिपक तामाङ्ग

जन्ताभ्वाईस सम्बाददाता
बुधबार , ८ भदौ , २०७९
कटारी /कटारी नगरपालिकाको नगर खेलकुद विकास समितिको अध्यक्षमा दिपक तामाङ्ग चयन हुनुभएको छ । नगर कार्यपालिकाबाट नगर खेलकुद विकास समिति गठन , संञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि , २०७९ स्वीकृत भई सोही कार्यविधि बमोजिम तामाङ्गलाई अध्यक्ष पदमा नियुक्त गरिएको नगरपालिकाले जनाएको छ ।
आज नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले तामाङ्गलाई नियुक्ती पत्र प्रदान गर्नुभयो । कटारीमा खेलकुद विकास समिति गठन भएसँगै कटारीको खेलकुद क्षेत्रले लय समात्ने आशा गरिएको छ । नियुक्त तामाङ्ग पूर्व फुटबल खेलाडी हुनुहुन्छ ।