जन्ताभ्वाईस सम्बाददाता
बुधबार , ८ भदौ , २०७९
कटारी / उदयपुरको ताप्ली गाउँपालिकाका कृषकहरुलाई बाख्रा र बंगुर वितरण गरिएको छ । सोमबार जिविको पार्जनमा सहज होस भन्ने उद्येश्यले वल्ड भिजन ईन्टरनेशनलको सहयोगमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले ओख्लेमा १६ वटा बाख्रा र २० वटा बंगुरका बच्चा (बुचाभुनी) वितरण गरेको हो ।
हुरेण्डेकका सह सचिव जिवनाथ दाहालले कृषकहरुलाई बाख्रा तथा बंगुर वितरण गर्नुभएको थियो । दाहालका अनुसार ताप्ली गाउँपालिका वडा नम्बर ४ रुपाटारमा १६ वटा बाख्रा र ८ वटा बंगुरका पाठापाठी , ताप्ली गाउँपालिका ३ ईनामेमा १० वटा बंगुरको पाठापाठी वितरण गरिएको थियो ।
कृषकहरुको जिविको पार्जनमा सहयोग पुगोस भन्ने उद्येश्यका साथ आयआर्जनका लागि बाख्रा र वंगुरका पाठापाठी वितरण गरिएको सहसचिव दाहालले बताउनुभयो । हुरेण्डेक उदयपुरका अनुसार प्रतिपरिवार २ वटा बाख्रा र ५ वटा बंगुरको पाठापाठी वितरण गरिएको हो ।
बाख्रा र बंगुर प्राप्तगरेपछी किसानहरुले खुसी व्यक्त गरे । गाउँघरमा वसेर कृषिको माध्यमबाट उत्पादन गर्न बाख्रा र वंगुरले सहयोग गर्न सकोस भन्ने उद्येश्यले वितरण गरिएको हुरेण्डेक उदयपुरले जनाएको छ ।


जनता भ्वाइस 








